स्याङ्जामा बसको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

स्याङ्जामा बसको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

accident a

स्याङ्जा । स्याङ्जामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार साँझ पुतलीबजार नगरपालिका–११ करेन्डाडास्थित सिद्धार्थ राजमार्गमा बसले ठक्कर दिँदा एक स्थानीय ७० वर्षीय याम बहादुर जिटिको मृत्यु भएको हो ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले ठक्कर दिँदा जिटिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds