पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउने क्रममा घरभेटी पनि घाइते

पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउने क्रममा घरभेटी पनि घाइते

aatmadaha

पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा एक जनाले घरभित्रै आफैलाई जलाउने प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका घर भएका ४५ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफू बहालमा बस्दै आएको पोखरा महानगरपालिका–१३ काहुँखोला स्थित घरको बाथरुममा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकाे बताइन्छ । बचाउने क्रममा घरभेटी घाइते भएकी हुन् ।

यस विषयमा कास्कीका निमित्त प्रहरी प्रवक्ता सुवास तिमिल्सिनाले घटनाको पुष्टि गरेपनि दुवैको परिचय खुलाउन चाहेनन् । घाइतेहरुको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आईसीयू कक्षमा उपचार भइरहेको उनले जनाए ।

प्रत्यक्षदर्शीका अनुसार क्षेत्रीलाई बचाउने क्रममा संगीता सापकोटा पनि घाइते भएकी छन् । जल्दै गरेको अवस्थामा दुवै जनाको उद्धार गरी छिमेकीले अस्पताल पु¥याएका हुन् ।

 घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ