पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चारमन्त्रीसमेत रहेका उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् ।
गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एकमात्र सांसद हुन् । उनी अघिल्लै कार्यकालमा अर्थ मन्त्री बन्ने चर्चा भएर पाएका थिएनन् । अर्थमन्त्रीमा किरण गुरुङ नियुक्त भएपछि उनले जिम्मेवारी पाएनन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि भने गाहा लेखा समिति सभापति भएका थिए । संविधानसभा सदस्य समेत रहिसकेका उनी नवलपुरका क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यो कार्यकालमा मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । पछि फेरि अर्थ मन्त्रीका चर्चा चले पनि मुख्यमन्त्री अधिकारीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका हुन् । पृथ्वीसुब्बा समूह निकट रहेका कारण गाहालाई मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण मन्त्रालयबाट पन्छाएकाे चर्चा चलेकाे छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु