पोखरा । पाेखरामा सहकारीकाे नेतृत्व गर्दै आएका एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् । रानीपाैवास्थित डल्फिन बचत तथा ऋण सहकारीका म्यानेजर लेखुराम खातीले पोखरा महानगरपालिका ९ शिवटोलस्थित घरमा आइतबार साँझ ७ बजेतिर झुन्डिएर आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।
खल्तीमा ऋणिहरुलाई तिर्नुपर्ने रकमको लिस्ट राखेर झुण्डिएकाे कारण ऋणकै बाेझले आत्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ । ३८ वर्षीय खातीमाथि लगानी गरेकाे ऋण उठाउन नसकेकाे र बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको हुनसक्ने देखिएकाे छ । किनकि, दिउँसाे आफू आबद्ध सहकारी सञ्चालक समितिको बैठकमा सहभागी भएर घर फर्केपछि खाती झुण्डिएका थिए ।
बैठकमा खातीलाई ऋण रकम उठाउन दबाब दिएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरी श्राेत जनाउँछ । खातीले आफ्नाे धेरै ऋण रहेको भन्दै दुई/तीन दिनअघिसम्म साथीभाइसँग पैसा सहयाेग, सापटी माग्दै हिँडेको बताइन्छ । पछिल्लो समय उनी कार्यरत डल्फिन सहकारीकाे अवस्था पनि नाजुक हुँदै गएपछि दबाब महसुस गर्न थालेकाे निकटस्थहरू बताउँछन् । सहकारीले दशैं अघिदेखि नै ८/१० हजारकाे पनि चेक साट्न नसकेकाे अवस्था थियाे ।
उसाे त खातीले साउनमै सहकारीकाे म्यानेजरबाट राजीनामा दिएपनि सञ्चालक समितिले स्वीकृत नगरेकाे मिडियामाझ बताएका थिए । पहिलेका म्यानेजर र अध्यक्षसहितका केही सञ्चालकहरूले लाेनका नाममा सहकारीकाे पैसा लगेकाे, बचतकर्ताकाे पैसा साट्न नसक्दा थप बचत हुन नसकेकाे भन्दै चिन्ता व्यक्त गरेका थिए ।
उनले सहकारीकाे ७० प्रतिशत ऋण उठ्न नसक्ने अवस्थामा रहेकाेसमेत खुलासा गरेका थिए । हिसाब मिलाउने बहानामा राेकिएका लाेनहरू उठाउन नसक्दा सहकारी राम्राे हुँदाहुँदै पनि याे हालतमा पुगेकाे उनकाे भनाइ थियाे । झण्डै ३ वर्ष अघिकाे लाेन उनीहरूले नतिर्दा याे अवस्था उत्पन्न भएकाे खातीले बताएका थिए । आफ्नाे बचत समेत लिन नसक्ने अवस्थामा रहेकाे भन्दै उनले अब आफै सहकारीबाट पैसा उठाउन लागिपर्ने बताएका थिए । आफू पनि पीडित रहेकाे भन्दै उनले सहकारीमा आफूबाट गल्ती भए कारबाहीकाे भागिदार हुने पनि मिडियामाझ बताएका थिए ।
खातीले आत्महत्या गरेपछि उनकी श्रीमती सिर्जना खड्का बेहोस छिन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । खातीका एक छोरी र छोरा छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन