पोखरामा जलेर घाइतेमध्ये घरभेटीको मृत्यु, अर्का घाइते कृष्ण विरूद्ध किटानी जाहेरी

पोखरामा जलेर घाइतेमध्ये घरभेटीको मृत्यु, अर्का घाइते कृष्ण विरूद्ध किटानी जाहेरी

aago

पोखरा -१३ काहुँखोलामा आइतबार भएको आगलागी घटनामा घाइते संगिता सापकोटाको मृत्यु भएको छ । आगलागीमा ८० प्रतिशत बढी भाग जलेर गम्भिर घाइते भएकी संगिताको सोमबार बिहान करिब ११ बजे मृत्यु भएको हो ।

सोही घटनामा घाइते ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।  घटना निकै रहस्यमय बनेकाे छ ।

४० वर्षीया सापकोटाकै घरमा भाडामा स्टेशनरी पसल सञ्चालन गर्दै आएकाे क्षेत्रीले आगो लगाएर आत्महत्या प्रयास गरेको र सापकोटाले उनलाई बचाउन गएको बताइएकाे छ । तर, घटनाबारे प्रहरी अहिल्यै बाेल्न मानेकाे छैन । घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेकाे बताएकाे छ ।

आगलागीबाट घाइते दुवैलाई उद्धार गरी तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । क्षेत्रीको भने उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनी बाेल्न सक्ने अवस्थामा छन् ।

कृष्णविरूद्ध किटानी जाहेरी:

यसैबीच, आत्मदाह गरेका भनिएका कृष्णबहादुर क्षेत्री विरूद्ध हत्याकाे किटानी जाहेरी परेकाे छ । मृतक संगिताका श्रीमानसहितका टाेली जिल्ला प्रहरी कार्यालय पुगेर कृष्ण विरूद्ध किटानी जाहेरी दिएकाे एक आफन्तले जानकारी दिए ।

सबेरै घरमा काेहि नभएका बेला भित्रबाट चुकुल लगाएर घरभेटीमाथि आगाे लगाएकाे र आफूमाथि आगाे लगाएकाे उनीहरूकाे आशंका छ । अब प्रहरीले अनुसन्धान अघि बढाइसकेकाे सन्दर्भमा थप नबाेल्ने भन्दै ती आफन्तले भने – ‘जाे आत्मदाह गर्न खाेजेका हुन्, उसकाे चाहिँ २५% शरीर जल्ने, बचाउन जानेकाे शरीर ८०% बढी कसरी जल्छ ? अहिलेलाई किटानी जाहेरी दिएका छाैँ । प्रहरीले सत्य तथ्य बाहिर ल्याउला । थप बाेल्न जरूरी छैन।’

कास्कीका प्रहरी निमित्त प्रवक्ता इन्स्पेक्टर सुवास तिमिल्सिनाले किटानी जाहेरी परेकाे पुष्टि गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ