पोखरा महानगरले माघ २३ देखि मुख्य सहरी क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गर्ने

पोखरा महानगरले माघ २३ देखि मुख्य सहरी क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गर्ने

pokhara

कास्की। पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सहरका व्यस्त स्थानमा पार्किङ निषेध गर्ने जनाएको छ।

महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडक खण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्ण रूपमा पार्किङ निषेध गर्ने जनाएको हो।

सूचनामा भनिएको छ -“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुको साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गरिएको छ।” महानगरले अन्डरग्राउण्ड पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खालि जग्गारूमा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्क भन्दा बढी लिन नपाइने व्यवस्था गरेको पनि जनाएको छ।

सूचनामा तोकिएको क्षेत्रहरूमा मात्र पार्किङ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालाहरूमा आग्रह गरेको छ । अन्यथा सूचनाको अवज्ञा गरि निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने कारवाही गरिने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ