बागलुङमा एक पुरुषद्वारा पेट्रोल छर्किएर आत्मदाहको प्रयास, उपचारका लागि पोखरा लगिँदै 

बागलुङमा एक पुरुषद्वारा पेट्रोल छर्किएर आत्मदाहको प्रयास, उपचारका लागि पोखरा लगिँदै 

aago

बागलुङ। बागलुङमा एक पुरुषले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्।

बागलुङ नगरपालिका -८, सिगानाका ५० वर्षीय शेरबहादुर जिसीले बुधबार दिउँसो अन्दाजी १२ बजेको समयमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता गङ्गाबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकोमा बुहारीले देखेपछि उनको उद्धार गरिएको थियो।

आगोले जिसीको टाउको र अनुहारबाट तलको भाग जलेको छ। “गण्डक न्युजसँग कुरा गर्दै प्रवक्ता थापाले भने -“उहाँ मानसिक रूपमा अस्वस्थ हुनुहुँदो रहेछ, घरमा म मर्छु भन्दै हिँड्नुहुँदो रहेछ।”

हाल घाइतेलाई जिल्ला अस्पताल बागलुङमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको उनले गण्डक न्युजलाई जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ