भारतका माेन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा नियुक्त

भारतका माेन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा नियुक्त

monty deshai1675672743

काठमाण्डाै । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए । उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका छन् ।

अघिल्लो महिना क्यानको छनोट समितिले उनलाई नियुक्त गर्न सिफारिस गर्दै खेलकुद परिषदसँग अनुमति मागेको थियो। तर क्यान बोर्ड बैठकको निर्णय हुनु पर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले अनुमति दिएको थिएन। गत साता क्यान बोर्ड बैठकपछि मात्र देसाइको नियुक्ति प्रक्रिया अघि बढेको थियो।

नेपालले आउँदो फागुन २ गतेदेखि घरेलु मैदानमा विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ । यो शृङ्खलालाई देसाईकाे पहिलो परीक्षाको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ