गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा निर्माण गरिएका चार योजनाको उद्घाटन गरेका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयद्वारा निर्माण गरिएको फैचोकदेखि पोल्याङ्गसम्म ४१ करोडको लागतमा बनेको रिङरोडको पहिलो खण्डको उद्वघाटन गरे ।
यस्तै, सडक विभागद्वारा निर्माण गरिएको रुपा वडा नं. ३ र मध्यनेपाल जोड्ने १ सय ६५ मिटरको पुल, रुपा-५ र पोखरा-३२ जोड्ने मोटरेबल पुल र रुपा-३ स्थित जनता माविको ८ कोठे भवन मुख्यमन्त्री अधिकारीले उद्घाटन गरेका हुन् ।
मध्यनेपाल जोड्ने पुल १२ करोड १३ लाखमा बनेको थियो । रुपाको वडा नं ५ र पोखरा – ३२ जोड्ने पुल २ करोड ५७ लाख र ८ कोठे भवन ८२ लाखको लागतमा निर्माण भएका हो ।
योजनाको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले विकासका योजनाको सही संरक्षण गर्नुका साथै उत्पादनमूलक आयआर्जनमा जोड्नुपर्ने बताए । उनले भौतिक विकाससँगै युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने गरी योजनाहरु ल्याउने बताए ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरि बहादुर चुमानले रुपाको विकासमा आफ्नो साथ सधैँ रहने बताए ।