पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र लुगा लगाउने विषय नभई नेतृत्व क्षमतालाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने सुझाव दिएकी छन्।
पोखरा महानगरपालिका वडा नम्वर ९ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको उद्घोषण तालिमको उद्घाटन गदै आर्थिक रुपमा आत्मनिर्भर बन्ने विषयमा ध्यान दिनुपर्ने बताउदै भनिन्,“हामी महिलाहरु धेरै गहना र महंगा कपडा लगाउने विषयलाई मात्र प्रतिष्ठाका रुपमा सोच्छौ, अब त्यो सोच परिर्वतन गरेर ब्यवसायीक रुपमा सबल र सक्षम हुदै सामाजिक, राजनीतिक र आर्थिक रुपमा समाजमा स्थापित हुने विषयलाई प्रतिष्ठानको रुपमा लिनुपर्छ।” उनले महिलाहरुमा कानूनी ज्ञान र आफना अधिकार बारे जानकार हुर्नुपर्ने बताउदै कानूनको अज्ञानता क्षम्मे नहुने बताइन्।
उपप्रमुख गुरुङले महिलाका धेरै अधिकार संविधानमा लेखिएको बताउदै अव त्यसको कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याइन्। विगतमा भन्दा महिलाहरुमा परिर्वतन आएपनि सोचे जस्तो नभएको बताउदै भनिन्, २०१७ सालमा आइमाई दिवसका रुपमा सुरु भएर नारी दिवस र अहिले महिला दिवसका रुपमा आएको बताइन्। उनले गलत संस्सकारलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै परिर्वतन आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, निर्वतमान वडा अध्यक्ष रामराज लामिछाने, वडा सदस्य एवं न्यायिक समिति सदस्य भावना श्रेष्ठ, वडास्तरीय महिला सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोलेका थिए। कार्यक्रम वडास्तरीय महिला संञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको थियो भने तालिममा प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सेना पंगेनीले गरेकी थिइन्।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो