बेनी–गलेश्वर सडक फागुन १ देखि दैनिक साढे ६ घण्टा बन्द हुने

बेनी–गलेश्वर सडक फागुन १ देखि दैनिक साढे ६ घण्टा बन्द हुने

road

म्याग्दी । म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड आगामी फागुन १ देखि १५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो ।

तालिकाअनुसार बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक बन्द हुनेछ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम– कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको बैठक बसेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds