तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

accident a

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसको ठक्करबाट विक गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ