पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । संघको शनिबार भएकाे पाँचौं अधिवेशनले अधिकारीकाे नेतृत्वमा सर्वसम्मत कमिटि चयन गरेकाे हाे ।
संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत चुनिए ।
यसैगरी, संघको कार्यसमिति सदस्यहरूमा विनिता सुनार, गौरव त्रिपाठी, सुरेश सुनार, प्रेम थापा, एलिजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल र सिद्धार्थ गौतम रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा सुशन घिमिरे र आशिष पुरी चयन भए ।
अधिवेशनका अवसरमा अग्रज कलाकार माओत्से गुरुङलाई सम्मान गरिएकाे थियाे भने पूर्व अध्यक्ष रेम बिक र सल्लाहकार राजाराम पाैडेललाई जितप्रसाद द्वा चलचित्र पुरस्कारबाट जनही २५ हजार सहित पुरस्कृत गरिएकाे थियाे ।

यस्तै, संस्थापक अध्यक्ष श्रीराम सिग्देलसहितका तत्कालीन कमिटिका पदाधिकारी, सदस्यहरूलाई पनि सम्मान गरिएकाे थियाे ।
पाेखराका मेयर धनराज आचार्यकाे प्रमुख आतिथ्यता एवं कार्यवाहक अध्यक्ष सन्ताेष सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्कीका अध्यक्ष विमला भण्डारी, निवर्तमान अध्यक्ष अरूण गिरी लगायतले बाेलेका थिए ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह