पोखरा । पोखरामा आज (आइतबार) देखि नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु हुने भएको छ ।
नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा उक्त प्रतियोगिता संचालन हुने भएको हो ।
फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।
प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।
“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।
यसैबिच उक्त प्रतियोगिताको उद्घाटन आइतबार २ः०० बजे गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले गर्ने कार्यक्रम तय गरिएको उनले जनाए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो