पोखरा । पोखरामा आज (आइतबार) देखि नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु हुने भएको छ ।
नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा उक्त प्रतियोगिता संचालन हुने भएको हो ।
फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।
प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।
“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।
यसैबिच उक्त प्रतियोगिताको उद्घाटन आइतबार २ः०० बजे गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले गर्ने कार्यक्रम तय गरिएको उनले जनाए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’