पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाएकाे पजेरो महेन्द्रपुलको रेलिङ बारले अड्काउँदा पाेखरामा ठूलो दुर्घटना टरेको छ ।
आज दिउँसो साढे १ बजेतिरको समयमा पजेरोले बाटोमा हिँडिरहेका म्याग्दी, धौलागिरी ३ बस्ने ५२ वर्षीया फूलमाया बिक र उनका छोरा १८ वर्षका विष्णु बिकलाई ठक्कर दिएको हो ।
बा१३ च २६६२ नम्बरको उक्त पजेरो जीप तनहुँ शुक्लागण्डकी ५ बस्ने विद्यालय सञ्चालक डा. चन्द्रबहादुर थापाले चलाएको खुलेको छ । पार्किङ गर्ने क्रममा पैदलयात्री आमाछोरालाई पजेरोले ठक्कर दिई घाइते बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले गण्डकन्यूजलाई जानकारी दिए ।
पजेराे अघि बढाउने क्रममा साइकल लछार्दै अघि बढेकाे प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि ब्रेक हान्नुकाे सट्टा एक्सिलेटर दबाएपछि आमाछोरालाई ठक्कर दिँदै गाडी पुलतिर हुइँकिएकाे ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहले बताए । चालककाे गम्भीर लापरबाही रहेकाे उनले बताए ।
पुलको रेलिङ बार बलियो हुँदा गाडी खस्नबाट जोगियो भने मानवीय क्षति पनि हुन पाएन । पुलमुनी साँघुरो र गहिरो सेती खोँच रहेको छ । घाइते आमाछोरालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । आमाकाे अवस्था मध्यम छ भने छाेरा विष्णुकाे अवस्था सामान्य छ । फूलमायाकाे ढाँडमाथिबाट टायर पार भएकाे प्रत्यक्षदर्शी एवं साइकलधनी वंशिधर बर्माले बताए । बिष्णुले आमालाई हस्पिटल लैँजादै गरेकाे बताएका छन् ।
दोषी चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ भने दुर्घटनामा परेको पजेँरोलाई क्रेनले उचालेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।
घटनापछि महेन्द्रपुलमा केही समय ट्राफिक जाम भएको थियो ।


सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो