पोखरा । पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ ।
पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिए । “आजको मुख्य कन्सर्न भनेको पोखरा औद्योगिक क्षेत्रमा रहेका सम्बन्धित उद्योगहरूबाट हुने वातावरणीय प्रदूषणको मूल्याङ्कन र निराकरणका उपायहरू नै हो, प्रमुख आचार्यले भने, यसका लागि सबैभन्दा पहिले प्रविधियुक्त ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नु पर्दछ ।” उपयुक्त स्थानमा जग्गाको प्रबन्ध गरी प्रविधियुक्त ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नुको विकल्प नभएको उनले बताए ।
“ठाउँ कति हुन्छ, यसको तुरुन्तै यसको एउटा ट्रिटमेन्ट प्लान्ट बनाएर लाग्नु पर्छ, यसमा किन्तु परन्तु किन कसरी भन्ने छुट कसैलाई छैन, होइन भने ताला लगाउने अवस्थासम्म पुग्न पर्छ, उनले भने, भइरहेको तर नचलेको छ भने त्यसलाई पनि चलाउनु पर्यो, नभए एउटा तत्काल स्थापना गर्नुपर्यो ।” कुनै पनि हालतमा औद्योगिक क्षेत्रबाट निस्कने रासायनिक पदार्थ र पानीलाई बाहिर ढलमा मिसिनुभन्दा पहिले नै प्रशोधन गर्नुपर्ने उनले बताए । प्लास्टिक जलाउने जो कोहीलाई महानगरपालिकाले तत्कालै कारबाही गर्ने प्रमुख आचार्यले बताए ।
छलफलमा सहभागी पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले यस विषयमा आफूहरू गम्भीर रहेको बताए । वातावरणीय स्वच्छता प्रति उद्योगी व्यवसायीहरू पनि उत्ति कै इमानदार रहेको उनले बताए । औद्योगिक क्षेत्रमा इन्धनको सट्टा कतिपय उद्योगहरूले बिजुलीको उपयोग गर्न थालेको जानकारी दिँदै यसले पनि वातावरणमा हुने प्रदूषण रोक्न मद्दत गर्ने बताए । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख किशोर कुमार पाण्डेले वातावरण सुधारका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।
पछिल्लो समय वर्षौँ पुराना यातायातका साधनहरू वातावरण प्रदूषणका प्रमुख कारक बनिरहेका छन् । इन्धनबाट चल्ने ती पुराना सवारी साधनहरूले फाल्ने कालो धुवाँ मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरूको भनाई छ । सन्ततिहरूको सुरक्षित भविष्यका लागि पनि वातावरण स्वच्छताको अभियान थाल्न विलम्ब गर्न नहुने सरोकारवालाहरूको तर्क छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो