पोखरा। आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।
पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरूसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले आज (मङ्गलवार) अन्तरक्रिया गरेका हुन् ।
सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्दर्भमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौँ, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरूसँग आवश्यक छलफल गरेर यहाँहरूको समस्या सम्बोधन गर्ने कुरामा म सकारात्मक छु । त्यसैले यहाँहरूको राय अनुसार नै अघि बढ्नेछु ।’
मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउँदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिए पनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए ।
यसै गरी उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउँदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुई वटा मन्त्रालय समायोजन भएको छ । र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरू सकिन्छ । त्यसपछि नीतिगत रूपमा कामहरू अगाडी बढ्नेछ ।’ मन्त्री गाहामगरले भने ।
उनले फरक प्रसङ्गमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए ।
उनले आगामी दिनमा समेत पत्रकारहरूसँग समन्वय र सहकार्य गर्दै सकारात्मक काममा अघि बढ्ने धारणा राखेका थिए । अन्तरक्रियामा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेहरिस्तसमेत सार्वजनिक गरेको थियो ।
कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सो कार्यक्रमको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोखरेलले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?