पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट बनाएको अवस्थामा बर्बाद हुने बताएका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शक्ति सन्तुलनका हिसाबले पनि एमालेलाई राष्ट्रपति दिन नहुने बताए ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्ष नेकपा एमालेबाटै भएको अवस्थामा राष्ट्रपति समेत एमालेलाई नै दिँदा शक्ति सन्तुलन गुम्ने र देशमा अस्थिरता पैदा हुने तर्क नेपालको छ । देशमा राजनीतिक स्थायित्व कायम गर्न तथा संविधानको रक्षा गर्नका लागि राष्ट्रपतिमा सहमति हुनुपर्ने जिकिर गर्दै अध्यक्ष नेपालले त्यस्तो राष्ट्रपति राजनीतिक वा गैरराजनीतिक दुवै हुन सक्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपति सहमतिबाटै हुनुपर्नेमा जोड दिँदै भने – ‘कतिपय संवैधानिक अड्चनका कुरा गर्छन् । कतिपय कानुनी अड्चनका कुरा गर्छन् । कतिपय व्यवहारिक अड्चनका कुरा गर्छन् । पात्रकै नाम लिइकन कतिपय कुराकानी चलेको होला । तर, सहमतिको पात्रको ठाउँमा अहिलेसम्म पुग्न सकेको छैन ।’
अहिलेको गठबन्धनलाई खिचडी गठबन्धनको संज्ञा दिँदै अध्यक्ष नेपालले विचार नमिल्नेहरुको गठबन्धन भएको बताए । ‘यो गठबन्धन संविधानप्रति पनि प्रतिबद्ध छैन । गणतन्त्र प्रति पनि प्रतिबद्ध छैन । संघीयताप्रति पनि प्रतिबद्ध छैन । र, परिवर्तनप्रति पनि गौरवबोध गर्दैन ।’ – अध्यक्ष नेपालले भने ।
वर्तमान सत्ता गठबन्धनकै कारण देश प्रतिगमनको यात्रातर्फ लागेको संकेत देखापर्न थालेको उनको जिकिर छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो