अनेरास्ववियूको आयोजनामा अखिल कप सुरु

अनेरास्ववियूको आयोजनामा अखिल कप सुरु

akhil cup

पोखरा । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू, कास्की जिल्ला कमिटीले आयोजना गरेको फुटबल प्रत्योगिता अखिल कप –२०७९ सुरु भएको छ ।

क्याम्पस जिल्ला स्तरीय फुटबल प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा सञ्चालन भएको हो । प्रतियोगिताको उद्घाटन अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गरे ।

उनले अखिल रचनात्मक र सिर्जनात्मक आन्दोलनको पर्याय पनि भएको र यसले शैक्षिक विकृति विसंगतिका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको भन्दै यो जिम्मेवारी अब नयाँ बिद्यार्थी साथीहरुले लिनुपर्ने बताए ।

नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय महाधिवेशनका अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको भनाईप्रति कटाक्ष गर्दै पराजुलीले भने – ‘उनीहरुले हानेका छक्का यो अनेरास्ववियूले क्याच आउट छ । स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पसमा पनि बिजयको झन्डा अनेरास्ववियूले फहराउनेछ ।’

सेभेन ए साइड फर्म्याटमा सञ्चालित फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय स्थान हुनेले २० हजार प्राप्त गर्नेछन् ।

अनेरास्ववियू कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महानगर कमिटि अध्यक्ष संगम आचार्य र सञ्चालन पृथ्वीनारायण क्याम्पस कमिटि अध्यक्ष रसिक न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ