तनहुँमा एक सुनचाँदी पसलमा आगलागी

तनहुँमा एक सुनचाँदी पसलमा आगलागी

aago

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

व्यवसायी रोहित विकले सञ्चालन गर्दै आएको पोखरा सुनचाँदी पसलमा आइतबार साँझ साढे ९ बजे आगलागी भएको हो ।

स्थानीय र प्रहरीको संयुक्त प्रयासमा करिब १० बजेतिर आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, भानुले जनाएको छ ।

प्रहरीका अनुसार बिजुली सट भएर आगलागी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उक्त आगलागीबाट पसलको पूरै भाग जलेको छ तर के कति क्षति भयो भन्नेबारे एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ