तनहुँको शुक्लागण्डकीमा जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

तनहुँको शुक्लागण्डकीमा जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

rape-sexual-abuse-784×441

तनहुँ। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

शुक्लागण्डकी नगरपालिका -३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कार्कीले बिहीबार विहान २४ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ