पोखरा महानगरपालिका वडा नम्बर ५, पर्स्याङबाट हराइरहेका बालक मृत फेला परेका छन् । सोमबार स्कूलबाट फर्केपछि बेपत्ता रहेका ४ वर्षीय सुहान केसी मंगलबार धारापानी मार्ग नजिकै रहेको खुँडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीका अनुसार बालक स्कूलबाट फर्केपछि हराएको जानकारी आउनसाथ प्रहरी टोली खोजी कार्यमा जुटेको थियो । नजिकैका सबै बाटो, मैदानतिर खोजी गरी स्थानियसँग सोधपुछ गरेबमोजिम राति अबेरसम्म खोजी गर्दा पनि फेला पार्न नसकिएको र गोताखोर टोलीले आज पोखरीबाट शव निकालेको उनले बताए ।
प्राप्त जानकारी अनुसार नर्सरीमा अध्ययनरत बच्चा स्कूलबाट ल्याएर आमाले दिदी नाता पर्ने आफन्तकहाँ छाडेर बजार निस्किएकी थिइन् । तर, फर्केर आउँदा बच्चा घरमा थिएनन् । त्यसपछि बच्चाको खोजीकार्य सुरु भएको थियो । आज पोखरीमा ३ घण्टा खोजी गरेपछि बालकको शव निकालिएको हो ।
नजिकैको दूरीमा खुँडेपोखरी रहेको छ । पोखरीलाई पक्का तारजालीले घेरिएको छैन । घटनापछि स्थानियले पोखरी तारबार गर्नुपर्ने माग गरेका छन् । उनीहरुले पोखरा महानगरपालिका, वडा नंं ५ कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । पर्वत घर भएका बालकको बुवा केहि दिन अघि मात्रै बिदा सकेर वैदेशिक रोजगारीमा फर्किएका छन् । दुई छोराका साथ मृतककी आमा पोखरामा बस्दै आएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन