पोखरा। एकै रात तीनवटा बैङ्कको एटिएम (ATM) मेसिन फोड्ने खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१५ स्थित एनआईसी एसिया बैङ्क, नेपाल बैङ्क लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन फोड्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर जिल्ला गाईघाट नगरपालिका – ७ स्थायी घर भई हाल पोखरा -१७ छोरेपाटन बस्दै आएका २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका – ४ स्थायी घर भई सोही स्थान बस्दै आएका २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ छन्।
प्रहरीका अनुसार मङ्गलवार राति अन्दाजी १२:१० बजेको समयमा पोखरा -१५ रामबजार स्थित एनआईसी एसिया बैङ्कको एटिएम मेसिन, बिहान अन्दाजी १:२२ बजे बन क्याम्पस गेटसँगै रहेको नेपाल बैङ्क लिमिटेडको एटिएम र बिहान ४:०२ बजे पेन्सन क्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको एटिएम फोड्नका लागि ढुङ्गा हान्ने तथा सिसी क्यामेरालाई कागजले छोप्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह