पोखरा । पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्र्तगत आज बिहीबार क्वाटरफाइनलका ४ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा बिहीबार पहिलो खेल आयोजक संगम क्लव र एल.जी. एशोसीयसन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए ।
त्यसै गरी विहिबार भ्याली स्पोट्र्स क्लव र ए पेक्स अर्को खेलमा नव आर्दश सामुदायिक विकास समाज र बिष्णुपादुका क्लव बिच खेल हुने भएको उनले जनाए । त्यसैगरी अन्तिम क्वाटरफाइनल खेल सहारा क्लव र आर्दश युवा क्लव बिच खेल हुने भएको क्लवले जनाएको छ ।
बुधबार प्रि—क्वाटरफाइनलका ३ खेल सम्पन्न भएको म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । बुधबार भएको पहिलो खेलमा बिष्णुपादुकाले अम्मरसिंह व्वाईज क्लव (एबीसी) लाई ३—० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा यात्रा बनायो । खेलमा बिष्णुपादुकाका सुविन श्रेष्ठले ३१ र ४३ औं मिनेटमा दुइृ गोल र राजन थापाले खेलको ६५ औं मिनेटमा एक गोलको योगदान दिए । एबीसीका पहिलो रोजाइका गोलरक्षक सन्तोस श्रेष्ठ खेलको ३३ औं मिनेटमा रातो कार्ड खादै बाहिरिन क्लवलाई दुर्रभाग्य निम्तियो । उनले डिवक्स बाहिर गएर वान भर्सेस वान वल हातले समाउदा रेडकार्ड पाएका हुन भने उनको स्थानमा मन्दीप गुरुङले खेलेका थिए ।
सरोज गुरुङ र भगवत चौधरीको एक/एक गोलको मद्धतले सहारा क्लवले यूनाइटेड क्लव माथि २—० को जित दर्ता गर्यो । खेलमा सहाराका गुरुङले ४५ र चौधरीले ४८ औं मिनेटमा गोल गरे ।
अन्तिम क्वाटरफाइनल खेलमा नायक वनेका विकास परियारको ह्याट्रिकको मद्धतले आर्दश युवा क्लवले डेभिड फल्स क्लब माथि ३—१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । उनले खेलको ८, ४७ र दोश्रो हापको इन्जुरी समयमा पुन एक गोल गरी उक्त प्रतियोगितामै पहिलो ह्याट्रिक पूरा गरे । खेलको १६ मिनेटमा डेभिड फल्सका रुविन गुरुङले गरेको गोल आफ्नो टिमको लागि शान्त्वना गोलमा परिणत भयो ।
तल्लो स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको क्लवले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’