पोखरा। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताएकी छन्। पोखरा महानगरका वडाहरुले स्थानिय बाजा बजाउने तालिहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको बताइन्।
पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको १५ दिने मादल बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले स्थानिय बाजाहरुको संरक्षणका लागि यस्ता तालिमहरुले भुमिका खेलेको बताइन्। “स्थानीय बाजा लोप हुदै गएका बेला यस्ता तालिमहरुले संरक्षणमा भुमिका खेलेका छन।” उनले घर टोलमा हुने विवाह, व्रतबन्धन लगायतका धार्मिक कार्यहरुमा मौलिक र स्थानिय बाजाहरुको प्रयोग हुने गरेको भएपनि पछिल्लो समय लोप हुँदै गएको प्रति चिन्ता ब्यक्त गदै भन्नुभयो, बजाउने मान्छेहरु समेत नपाउने अवस्था सृजना भएको छ। यस्ता तालिमले स्थानिय ब्यक्तिहरुले अभावलाई सहज हुने विश्वास ब्यक्त गरिन्। उनले तालिमबाट प्राप्त सिपलाई समाजमा उपयोग गरेर आयआर्जनसंग पनि जोडन सकिने उल्लेख गरिन्।
कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षेत्री, प्रशिक्षार्थीको तर्फबाट कल्पना लामिछाने, प्रशिक्षक धर्मेन्द्र पौडेल लगायतले बोलेका थिए। कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको थियो। तालिममा उत्कृष्ट विष्णु शर्मालाई मादल प्रदान गरिएको थियो। उपप्रमुख गुरुङ र वडा अध्यक्ष बरालले मादल हस्तान्तरण गरे।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह