पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शुक्रवार शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) ले विद्यार्थीहरुको आन्तरिक क्षमताको कदर गर्दै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निमार्णबाट आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालयले विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बुझी बेलाबेलामा यस्ता प्रदर्शन गराउनु पर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफूमा रहेको अन्तरनिहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निर्माणले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने बताए ।

साथै, उनले यही फागुन २६ गते पोखरा सभागृह हलमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रमा नेपालका ख्यातिप्राप्त मोटिभेटर रवी कटुवालले प्रशिक्षण दिने साथै रचना रिमालको साङ्गीतिक प्रस्तुति रहनेसमेत जानाकारी गराए ।

उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रर्दशन गरेका थिए । यसैगरी आइ एन जि ग्रुपबाट मनोरञ्जनात्मक खेलका साथै माइ सेकेण्ड टिचर नामक ग्रुपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबर्द्धक सामग्री प्रस्तुत गरेको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माइ सेकेण्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरु सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम र गण्डकी प्रदेश स्तरीय नाटकमा उत्कृट भएको नाटक ‘राजधानीको यात्रा’ पनि मञ्चन भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।



सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ