पोखरामा हात र घाँटीमा ट्याटु भएको एक पुरुषको शवको पहिचान हुन सकेको छैन । बेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतको घाँटीमा केलीन लेखिएको सानो अक्षरको ट्याटु र हातमा स्टार ट्याटु रहेको छ ।
पोखरा महानगरपालिका – ५ मालेपाटन स्थित कालिका पेट्रोल पम्प नजिक नाम/थर नखुलेको पुरुषलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो ।
शरीर ददारिएको अवस्थामा शनिबार बिहान साढे ५ बजे भेटिएका ती पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले बताएकाे छ । मृतकको पहिचान नखुलेपछि प्रहरीले हुलियाको जानकारी दिँदै सूचना जारी गरेको छ ।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३५ रहेको छ भने उचाई करिब ५ फिट ४ इन्च रहेको छ । मङ्गोलियन वर्ष जस्तो देखिने पुरुषले खरानी रङको हाफ पेन्ट र खैरो रङको कोठे स्वेटरभित्र कालो टिसर्ट लगाएका छन् । मृतकको घाँटीमा Kellin लेखिएको ट्याटु, देब्रे नाडीको हत्केला पछाडि ताराको ट्याटु र दुवै पाखुरादेखि नाडीसम्मै विभिन्न ट्याटु पनि खोपिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । आज बिहान करिब ५:३० बजे मृतक फेला परेको प्रहरीको भनाई छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन