नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, २ जना घाइते

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, २ जना घाइते

balak

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ।

सोमबार राति विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ