लमजुङ । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिरोले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।
माथिबाट झरेको ढुङ्गा माटो डुम्रे बेसीसहर चामे योजना सडक कार्यालय लमजुङको डोजरले हटाएपछि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सडक बन्द हुँदा बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र यस ठाउँबाट बेसीसहर आउने गाडी बाटोमै रोकिएका थिए।
बयालीस किलोमिटर लामो डुम्रे बेसीसहर सडक खण्ड अन्तर्गत यस ठाउँमा पटक पटक पहिरो खस्दा गाडी आवतजावत बन्द हुने गरेको छ ।
यस ठाउँमा पहिरोको दीर्घकालीन रोकथामका लागि २० करोड रुपैयाँमा ठेक्कासमेत आह्वान गरिएको डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान
यूनाइटेड क्लबद्वारा जानकी माविमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण
पोखरामा खुल्यो ‘कस्मिक कम्प्युटिङ एकेडेमी’, कम्प्युटर सम्बन्धी सबै तालिम एकै स्थानमा
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
प्रथम गल्याङ कप पुरुष भलिबल सुरु
पोखराको सेती नदीमा २५ वर्षीय पुनको शव फेला, लुगा फुकालेर बेपत्ता ८४ वर्षीय बृद्ध अझै बेखबर
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग