पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।
निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले जानकारी दिए । शिविर संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रयालयसँगको समन्वय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश, पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग रहेको छ । फागुन २१, २२ र २३ गते गरी तीन दिन सम्म संचालन हुने शिविरको व्यवस्थापनको कार्य सम्पन्न भएको वडा अध्यक्ष रिमालले जानकारी दिए ।
शिविरका लागि निजामती कर्मचारी अस्पतालवाट विषेशज्ञ चिकित्सक सहितको झण्डै ५० जनाको मेडिकल टिम आजै साँझ ठुलीपोखरी आईपुग्ने भएको छ । शिविरको आइतबार बिहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको सबैजसो संयोजक वडा अध्यक्ष रिमालले गरेका हुन् ।
शिविरमा प्रसुती तथा स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग, फिजिशियन सेवा, फेमिली मेडिशिन सेवा, यौन तथा चर्मरोग, फिजियोथेरापी, जेनेरल सर्जरी सेवा संचालन गरिने भएको छ । त्यसैगरी दन्त रोग, एक्सरे, भिडियो एक्सरे, इसिजी, बालरोग, रगत जाँच, मोनोरोग, नाक, कान घाँटी लगायतका समस्याको विशेषज्ञ डाक्टरहरुद्धारा उपचार गरिने निजामती कर्मचारी अस्पताल काठमाण्डौले जनाएको छ ।
शिविरमा सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा तत्काल गरिने र थप उपचार गर्नुपर्ने भएमा सिभिल अस्पताल काठमाण्डौमा रिफर गरि निशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाईएको छ ।
आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । शिविरमा पर्वत जिल्लाका विभिन्न पालिकाका साथै छिमेकी जिल्ला स्याङ्जाका नागरिकहरुले समेत सेवा लिन सक्ने भएका छन् । शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई आवश्यक सवैजसो औषधी पनि निशुल्क वितरण गरिने भएको छ ।
राजधानीका सुविधासम्पन्न निजामती कर्मचारी अस्पतालमा हुने सबैखालका रोगहरुको पहिचान, उपचार तथा सामान्य शल्यक्रिया सेवा समेत शिविरमा संचालन हुने भएकाले बढि भन्दा बढि नागरिकहरुले सहभागिता जनाएर स्वास्थ्य परिक्षण गराउन नगरप्रमुख जोशीले आग्रह गरेका छन् । घर गाउँमै यति धेरै विशेषज्ञ सेवा सहितको उपचार सेवा नपाईने भएकाले पनि बालबालिका, युवा, युवती, गर्भवती, महिला, बृद्ध बृद्धाहरुलाई निःशुल्क उपचार सेवा लिन आग्रह गरिएको छ ।
सम्बन्धित खबर
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो