पोखरामा शनिबार दिउँसो एक्कासी आएको हावाहुरीले फेवातालमा छाल उठेपछि डुंगा दुर्घटना हुँदा एक बृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा १ बगर निवासी ७० वर्षीया यामकुमारी गिरी रहेकी छन् । शनिबार दिउँसो ४ बजेको समयमा चार वटा कायक र परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले बताएको छ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेद जोशीले चार वटा कायक र एउटा प्याडल बोट तालमा पल्टिएको जानकारी दिए ।फेवातालको बीच भागमा डुंगा डुबेर तालमै अत्तालिएका ५ जनाको एपिएफ रेस्क्यु टावरको टोलीले तत्काल उद्धार गरेकोमा बृद्धालाई भने ढिला गरी पानीबाट बाहिर निकाल्न सक्यो । रेस्क्यु टोलीले कायकिङ गर्दै गर्दा तालमै अत्तालिएका अरू ४ जनाको पनि समयमै सकुशल उद्धार गरेको हाे ।
‘कायकमा रहेका चार जना युवायुवती र ६ जना परिवार सवार प्याडल बोट पल्टिएको थाहा हुने बित्तिकै उद्धार हुन सक्याे । तत्काल ९ जनाको उद्धार भयो । हाम्रो टोली पनि पुग्यो ।’ उनले गण्डक न्यूजसँग भने– ‘बृद्धा आमालाई तत्काल देख्न सकिएन । डुंगा पल्टिएपछि तालमाथि देखिएकाहरुको सबैको सुरुमै उद्धार भयो । उहाँ चाहिँ डुंगामा च्यापिनुभएछ । त्यसैले पनि लाइफ ज्याकेट लगाएपनि पानीमुनी पर्नुभयो । डुंगाले च्यापेको अवस्थामा उद्धार गरेर गम्भिर अवस्थामा गण्डकी मेडिकल कलेज पठायौँ ।’
कास्की प्रहरी प्रमुख एसपी अजय केसीले बृद्धाको मृत्यु भएको पुष्टि गरे । कायकमा सवार सबै चार जना र डुंगामा शयर ५ जनाको तत्काल उद्धार सम्भव भएकाले ज्यान जोगिएको भन्दै उनले बृद्धा डुंगाको तल पर्दा तत्काल थाहा हुन नसक्ला दुःखद घटना हुन पुगेको बताए । उनले फेवातालमा हावाहुरीका कारण छाल आउने र डुंगा डुब्न सक्ने जोखिम हुनाले सबै डुंगायात्री र चालकले लाइफ ज्याकेट अनिवार्य लगाउन पनि अनुरोध गरे ।
लाइफ ज्याकेट र बेलैमा उद्धार हुँदा अरु क्षति टरेको छ । फेवातालको बाराहीघाटमा रहेको सशस्त्र प्रहरीको उद्धार टोलीले घटना हुनासाथ मोटरबोट लिएर उद्धारमा खटिँदा क्षति हुन नपाएको प्रत्यक्षदर्शी हरि पहारीले बताएका छन् ।
तस्वीरः हरि पहारी
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)