पोखरा । भोलि सोमबार देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीले फागु पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ ।
होली पर्वमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रहरी प्रमुख, एसपी अजय केसीले जानकारी दिए । एसपी केसीले होलीका दिन बिहानैदेखि रातिसम्मै शहरका प्रमुख स्थान, राजमार्ग र भित्री सडकखण्डमा चेकजाँच कडा पार्न लागिएको बताए ।
एसपी केसीले भने – ‘हामीले होली पर्वमा कुनैपनि घटना नघटोस् भन्ने मनसायका साथ बिहानदेखि नै चेकजाँचलाई कडा पार्ने निर्णय गरेका छौँ । सर्वसाधारणमा पनि होली शान्तिपूर्ण वातावरणमा सौहार्दपूर्वक मनाउनका लागि सूचना जारी गरेका छौँ । होली खेल्ने क्रममा आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेका छौँ ।’
एसपी केसीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने र मोटरसाइकलमा २ जना भन्दा बढी सवार हुने, सवारी साधन अनियन्त्रित ढंगले चलाउने, हर्न बजाउने, ईच्छा विपरित लोला हान्ने तथा रंग दल्ने, हो–हल्ला गर्ने, जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छृङ्खल व्यवहार गर्ने सबैलाई कारवाही गरिने जानकारी दिए।
अराजक क्रियाकलाप गरे कारबाहीः प्रशासन
यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले मर्यादित ढंगले फागु पर्व मनाउन अनुरोध गरेको छ । कास्की प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै पर्व मनाउने नाममा अराजक र अवाञ्छित कार्यहरु नगर्न नगराउन सूचित गरेको छ ।
‘रंगको माध्यमबाट एक अर्कामा खुशी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने जस्ता सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृंखल एवं अवाञ्छित कार्यहरु नगर्न नगराउनुहुन सुचित गरिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ – ‘साथै, यो सूचनाको अवज्ञा हुने गरी कुनै क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।’
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?