चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला

gaida

file photo

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक सिङ्गे भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

हिजो बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा उक्त गैँडा मरेको अवस्थामा भेटेको हो । दुई गैँडा एकापसमा जुधेर मरेको हुनसक्ने अनुमान छ । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालु आर्थिक वर्ष २०७९–८० मा १३ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुईवटा चोरीसिकारीका कारण मरेका निकुञ्जले जनाएको छ । गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ