`भाषा सभ्यताको संवाहक हो´भन्ने मूल मन्त्रका साथ स्थापित नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको तेह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।उक्त अधिवेशनले डिल्लीराम अर्यालको अध्यक्षतामा सोह्र सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, महासचिव शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली र कोषाध्यक्षमा इन्दिरा सुवेदी रहेका छन्। त्यस्तै सदस्यहरूमा विष्णुप्रसाद पौडेल, पार्वती खनाल, पोष्टराज सुवेदी, हरिप्रसाद शर्मा, प्रेमनारायण ढकाल, सावित्री पौडेल बराल, सावित्री पहारी,प्रदीप पोख्रेल, भावना लामिछाने र झलक पौडेल निर्वाचित भएका छन्।
नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने वरिष्ठ भाषाविद् मुकुन्दशरण उपाध्याय र परिषद्का सल्लाहकार एवम् पूर्व अध्यक्ष डोलराज अर्याल सम्मानित भएका छन्।
उक्त कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले शुभकामना मन्तव्य राख्दै नेपाली भाषाको एकरूपताका लागि भाषाविज्ञहरूका बिचमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेका थिए। मन्तव्यका क्रममा भाषाविद् मुकुन्दशरण उपाध्यायले भाषामा वैज्ञानिकताको खोजी गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।कार्यक्रममा सल्लाहकार डाक्टर यामनाथ तिमिल्सिना, डाक्टर पुण्यप्रसाद पौडेल, माधवशरण उपाध्याय, बोधराज ढकाल, डोलराज अर्याल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, गणित शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी, विज्ञान विषय समाजका अध्यक्ष शान्ताराम लामिछाने, जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
डोलराज अर्याल संयोजक तथा दिनेश सापकोटा र भानुभक्त पोख्रेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो