गलकोट नगर स्थापना दिवसमा गौंदीखोला सरसफाई अभियान सुरु

गलकोट नगर स्थापना दिवसमा गौंदीखोला सरसफाई अभियान सुरु

20230311_115817

बागलुङ । गलकोट नगरपालिकाले आफनो स्थापना दिवसको अवसरमा गौंदी खोला सरसफाई अभियान सुरु गरेको छ । स्वच्छ वातावरण निर्माण गर्दै सन्तुलित पर्यावरण कायम राख्ने उद्येश्यले बृहत सरसफाई अभियानको शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए। पछिल्लो समय खोलानाला र्दुगन्धित बन्दै गईरहेको र सरसफाई अभियानले खोलानाला सफा रहने अपेक्षा गरिएको उनको भनाई छ । अभियानले खोलानालामा फोहोर नगर्न जनचेतना फैलाउने समेत विश्वास लिईएको गैरेले उल्लेख गरे । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण गिर नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न सहयोग गर्न समेत अपिल गरेका छन् ।

दिनहुँ खोलाहरु दुर्गन्धित हुन थाले पछि मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने र वातावरण समेत नराम्ररी बिग्रन थालेको भन्दै नगरपालिकाले बृहत सरसफाई अभियानको शुभारम्भ गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बताए । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण गरि नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न समेत उनले अपिल गरे ।

गलकोटको केन्द्र हटिया बजारमा जनघनत्व बढे सँगै गौंदी खोला फोहोर र दुर्गन्धित बन्दै गईरहेको र त्यसलाई न्यूनिकरण गर्न नगरले यो अभियान थालनी गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए । नागरिकको चेतना स्तर वृद्वि गर्दै फोहोर व्यवस्थापनमा स्थानिय सरकार, सरोकारवाला र नागरिकको सहभागिता बढाउन बृहत सरसफाईको कार्य अगाडी बढाईएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले बताए ।

सरसफाई अभियानमा गलकोट नगरपालिकाका जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सरोकारवाला, टोल विकास संस्था र समाजसेवी सँगै नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । गलकोट नगरपालिका वडा नं ३ र ६ को संगम स्थल गौंदी खोलाको जीपपार्क पुलचोक, गलकोट माध्यमिक विद्यालय परिसर, जामुनडाँडा जाने बाटो परिसर हुँदै गौदी, दरम घाट सम्म सरसफाई गरिएको छ ।

गलकोट नगरपालिकाले पहिले देखि नै हटिया बजारमा कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गीकरण गरि फोहोर व्यवस्थापन कार्यलाई निरन्तरता दिंदै आएपनि रातको समयमा खोलामा लगेर फोहोर फाल्ने क्रम बढेको सरोकारवालाले बताएका छन् । गौंदी खोलामा प्लाष्टिक जन्य वस्तु, सिसा सँगै अन्य फोहोर फाल्ने प्रवृत्ति बढे पछि अहिले खोला क्रुप समेत बन्दै गईरहेको छ । सरसफाई अभियानलाई निरन्तरता दिईने गलकोट नगरपालिकाले जनाएको छ । नगरले गौंदीखोला सँगै अन्य खोला छेउछाउमा फोहोर नफाल्न र फोहोर नगर्न नगरबासीलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ