पोखरा । स्थापनाको छोटो अवधिमै स्थापित यहाँको लायन्स क्लब अफ पोखरा गण्डकी युथले नयाँबजार क्षेत्रका नागरिकका लागि निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि ३२५ जे नेपाल सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले विश्व शान्ति श्रेष्ठलाई सुगर टेस्ट किट हस्तान्तरण गरेर गरेकी थिइन् ।
प्रमुख अतिथि थापाले सक्रिय युथहरु सम्मिलित यस क्लबले पोखराकै उदाहरणिय क्लब बनेको बताउँदै यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिन अनुरोध गरिन् । विशेष अतिथि डिस्ट्रिक्ट चिफ लायन पूजन शाक्यले गण्डकी युथका हरेक गतिविधिमा आफू सधैं तयार रहेको बताइन् ।
संस्थापक अध्यक्ष लायन स्वेता ओझा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डायबिटिज डिस्ट्रिक्ट कमिटि मेम्बर लायन सुजन श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थापक सचिव लायन श्रीया श्रेष्ठले गरेकी थिइन् ।
जाँचका लागि प्राविधिक सहयोग ल्याब टेक्निसियन उमेश शाहले गरेका थिए । एक सय भन्दा बढी नयाँबजारबासी याे कार्यक्रमबाट लाभान्वित भएका छन् ।
विश्वकै पहिलो महिला लायन्स क्लब, लायन्स क्लब अफ पोखरा गण्डकीको स्पोन्सरमा स्थापित गण्डकी युथले छोटो समयमै थुप्रै सामाजिक कार्यहरु गरिसकेको छ । यस संस्थाले यसअघि महिला र बालबालिकाका लागि पोषण सचेतना, वृक्षारोपण, शैक्षिक सामाग्री वितरण जस्ता कार्यक्रम गरेको थियो ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’