पोखरा । स्थापनाको छोटो अवधिमै स्थापित यहाँको लायन्स क्लब अफ पोखरा गण्डकी युथले नयाँबजार क्षेत्रका नागरिकका लागि निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि ३२५ जे नेपाल सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले विश्व शान्ति श्रेष्ठलाई सुगर टेस्ट किट हस्तान्तरण गरेर गरेकी थिइन् ।
प्रमुख अतिथि थापाले सक्रिय युथहरु सम्मिलित यस क्लबले पोखराकै उदाहरणिय क्लब बनेको बताउँदै यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिन अनुरोध गरिन् । विशेष अतिथि डिस्ट्रिक्ट चिफ लायन पूजन शाक्यले गण्डकी युथका हरेक गतिविधिमा आफू सधैं तयार रहेको बताइन् ।
संस्थापक अध्यक्ष लायन स्वेता ओझा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डायबिटिज डिस्ट्रिक्ट कमिटि मेम्बर लायन सुजन श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थापक सचिव लायन श्रीया श्रेष्ठले गरेकी थिइन् ।
जाँचका लागि प्राविधिक सहयोग ल्याब टेक्निसियन उमेश शाहले गरेका थिए । एक सय भन्दा बढी नयाँबजारबासी याे कार्यक्रमबाट लाभान्वित भएका छन् ।
विश्वकै पहिलो महिला लायन्स क्लब, लायन्स क्लब अफ पोखरा गण्डकीको स्पोन्सरमा स्थापित गण्डकी युथले छोटो समयमै थुप्रै सामाजिक कार्यहरु गरिसकेको छ । यस संस्थाले यसअघि महिला र बालबालिकाका लागि पोषण सचेतना, वृक्षारोपण, शैक्षिक सामाग्री वितरण जस्ता कार्यक्रम गरेको थियो ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो