पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने महिला उद्यमीलाई विनाधितो पाँच लाख दिने प्रतिवद्धता गरेकी छन् ।
व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा आयोजित १५ दिने गुडिया बनाउने तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै उपप्रमुख गुरुङले रुची र लगावलाई निरन्तरता दिँदै सिकेको सिपलाई आयआर्जनमा रूपान्तरण गर्न आग्रहग गरिन् ।
वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिपसिकेर उत्पादन गरेका समाग्रीलाई व्यवसायिक रूपमा विक्रीवितरण गर्न सहयोग गर्ने बताए । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले पाठ्क्रममा आधारित तह १ को तालिम भएकाले पाचौँ तहको जागिरका लागि योग्य हुने जानकारी दिए ।
फागन १० गतेदेखि २५ गतेसम्म सञ्चालित १५ दिने गुडिया बनाउने तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्यप्रशिक्षक सविता श्रेष्ठ रञ्जितले गुडिया बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण गरेकी थिइन् ।
तालिममा सहभागी शर्मिला सुवेदीले प्रशिक्षक राम्रो हुँदा १५ दिनको सिप सिकेर पनि आयआर्जनमा लाग्न सक्ने प्रेरणा मिलेको आफ्नो अनुभव सुनाएकी थिइन् । नारी परोपकार केन्द्रको समन्वयमा ३० जना महिलाले तालिम लिएको केन्द्रकी अध्यक्ष शारदा गिरीले जानकारी दिइन् ।
आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाको सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’