पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने महिला उद्यमीलाई विनाधितो पाँच लाख दिने प्रतिवद्धता गरेकी छन् ।
व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा आयोजित १५ दिने गुडिया बनाउने तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै उपप्रमुख गुरुङले रुची र लगावलाई निरन्तरता दिँदै सिकेको सिपलाई आयआर्जनमा रूपान्तरण गर्न आग्रहग गरिन् ।
वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिपसिकेर उत्पादन गरेका समाग्रीलाई व्यवसायिक रूपमा विक्रीवितरण गर्न सहयोग गर्ने बताए । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले पाठ्क्रममा आधारित तह १ को तालिम भएकाले पाचौँ तहको जागिरका लागि योग्य हुने जानकारी दिए ।
फागन १० गतेदेखि २५ गतेसम्म सञ्चालित १५ दिने गुडिया बनाउने तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्यप्रशिक्षक सविता श्रेष्ठ रञ्जितले गुडिया बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण गरेकी थिइन् ।
तालिममा सहभागी शर्मिला सुवेदीले प्रशिक्षक राम्रो हुँदा १५ दिनको सिप सिकेर पनि आयआर्जनमा लाग्न सक्ने प्रेरणा मिलेको आफ्नो अनुभव सुनाएकी थिइन् । नारी परोपकार केन्द्रको समन्वयमा ३० जना महिलाले तालिम लिएको केन्द्रकी अध्यक्ष शारदा गिरीले जानकारी दिइन् ।
आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाको सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ