पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट दीक्षाको घटनास्थलमै ज्यान गयो

पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट दीक्षाको घटनास्थलमै ज्यान गयो

acc chip (2)

पोखराको चिप्लेढुंगामा नगरबसको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।

आज शुक्रबार बिहान पौने ८ बजे ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएको हो ।

झापाको दमक ४ घर भई हाल पोखरा ५ पर्स्याङ बस्दै आएकी कार्कीको घटनास्थलमै मृत्यु भयो । यद्यपी, उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी गरायो ।

पोखरा ताङतिङ चल्ने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक कास्कीको मादी ५ घर भएका ३५ वर्षका सागर क्षेत्री हुन् ।

एकाबिहानै खुल्ला र फराकिलो सडकमा स्कुटरलाई ठक्कर दिनु चालकको गम्भिर लापरबाही भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ