बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक ५ घण्टा बन्द 

बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक ५ घण्टा बन्द 

सङकेतिक चिन्ह

म्याग्दी । बेनी–जोमसोम सडक शुक्रबार (आज)देखि दैनिक ५ घण्टा बन्द गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात बन्द गरिएको हो ।

चैत ३ गतेदेखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

चैते दशैंको समयमा कागबेनीमा स्नान गर्ने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते भने यातायात सञ्चालन हुनेछ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधवारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म गाडी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ