क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

plyaers

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर खेलाडीलाई बधाई तथा शुभकामना दिएका प्रधानमन्त्री प्रचण्डले जनही ३ लाख दिने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् : ‘विश्व कप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु ।’

हिजो बिहीबार यूएईसँगको खेलअघि त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड स्वयम् उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds