पोखरा । सहारा क्लब पोखराले सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सघाउने भएको छ ।
शुक्रबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान वर्ष खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ । सो हस्ताक्षर कार्यक्रममा सहारा क्लव पोखराका पूर्वअध्यक्ष विरभद्र आचार्य, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, सदस्य सुर्दशन रञ्जितको उपस्थिती रहेको थियो ।
सहारा क्लवले यसअगाडीका संस्करणमा पनि सोही विधाको पुरस्कार प्रायोजन गर्दै आएको थियो ।
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७९ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका सचिव शशी कुमार पौडेलले बताए ।
मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाटपनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको भनाई छ ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?