पोखरा । डाक्टर मनोज कोइराला मुटु सम्बन्धी रोगमा विशेषज्ञता प्राप्त गरी पुनः पोखरा फर्किएका छन् । उनले पोखराको जिरो किलोमिटरमा रहेको रिजनल हस्पिटलमा बिरामीको जाँचलाई निरन्तरता दिनेछन् । अस्पतालले एक समाराेहबीच डा. कोइरालालाई बधाई एवं स्वागत गरेकाे छ ।
गंगालाल हृदय रोग केन्द्रमा मुटु सम्बन्धीको रोगमा उच्च विशेषज्ञता डीएम ईन कार्डियोलोजी प्राप्त गर्न तीन वर्षदेखि काठमाण्डौमा रहेका डा. कोइराला कोर्स पूरा गरी पुनः रिजनल हस्पिटलमै फर्किएका हुन् । २०७३ सालमा स्थापित उक्त हस्पिटलमा डा. कोइराला सुरुवातकालदेखि नै सेवा गरेका थिए ।
अस्पतालका व्यवस्थापक अर्जुन प्रसाद शर्माले डा. मनोजको आगमनले मुटुसम्बन्धी रोगको सेवा लिने बिरामीहरु लाभान्वित रहने बताए । रिजनल हस्पिटलमा डा. मनोजले बिहान ७ः३० देखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म नियमित बिरामीको जाँच गर्ने पनि व्यवस्थापक शर्माले जानकारी दिए ।
मुटु सम्बन्धी सबै खालका रोगका लागि अब काठमाण्डौ धाउन नपर्ने पनि हस्पिटल प्रशासनको भनाई छ । ५० बेड क्षमतामा सञ्चालित हस्पिटल तुलनात्मक रुपमा अन्य अस्पताल भन्दा सस्तो र उत्कृष्ट रहेको पनि व्यवस्थापन पक्षको दाबी छ । मुटु सम्बन्धी रोगमा उच्च विशेषज्ञता हाँसिल गरी पोखरामै कार्यथलो बनाउनु आम पोखरेली र हस्पिटलका सेवाग्राहीका लागि खुशीको खबर रहेको सञ्चालक चन्द्रकान्त पौडेल बताउँछन् ।

डा. कोइरालाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जाँच गर्नेछन् । पोखरा जन्मभूमि पनि रहेको र यसअघि यहीँ कार्यथलो रहेकाले पनि जन्म, कर्म र भावनाको सम्बन्धले आफू पोखरा नै फर्केको डा. कोइरालाको भनाई छ ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु