तस्बिर खिच्ने क्रममा पर्वतमा भीरबाट लडेर किशोरीको मृत्यु

तस्बिर खिच्ने क्रममा पर्वतमा भीरबाट लडेर किशोरीको मृत्यु

death body

पर्वत । पर्वतमा भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ।

कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीस्थित बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवाबारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भिरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरीका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ