पाेखरा । पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको बुधबार पोखरामा निधन भएको छ । ७१ वर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कने क्रममा नाउँडाँडामा उनले चलाएको कार कुकुरसँग ठाेक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार गुरूङले कार अघि बढाएपछि स्थानिय युवकले बाइकले पिछा गरेका थिए । युवकले कार राेकेपछि केही समूहले केरकार गरे । उनीहरूले कारकाे चाबीसमेत कब्जा गरेकाे बुझिएकाे छ । स्थिति असहज बनेपछि गुरूङ ढलेका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले घटनाबारे अौपचारिक जानकारी नआएकाे बताए । कुनै पक्षले पनि घटना सम्बन्धमा उजुरी नगरेकाे उनले जानकारी दिए ।
गुरूङकाे तीन वर्षअघि मस्तिष्कघात भएपछि टाउकोको शल्यक्रिया गरिएको थियो । उनको श्रीमती, ३ छोरी र १ छोरा छन् ।
सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनी सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्यान्डको रजाधानी बैंककमा खेले । सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । उनले कुनै समय आरसीटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए ।
भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको प्रशिक्षक भइसकेका छन् । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए । सन् १९८२ मा ब्रिटिस गोर्खा टिमबाट एन्फा कप पनि खेलेका उनी हाल पोखरामै आराम गरिरहेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन