Gandak News
Our News Your Views

नवलपुरमा एकै ठाउँमा भेटियो नौ वटा बेवारिसे बम

नवलपुर। पूर्वी नवलपरासीमा बेवारिसे अवस्थामा बम फेला परेको छ।

विनयी त्रिवेणी गाउँपालिका–५ मा रहेको तालदेवी सामुदायिक वन भित्र रहेको बारीमा बेवारिसे अवस्थामा नौ वटा बम भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जङ्गलमा गाईबस्तु चराउन गएका व्यक्तिहरूले हिजो दिउँसो बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम भेटेका थिए।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ। नेपाली सेनासँग पनि समन्वय गरिएको छ।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन।

लोड हुँदै ...