पोखराका देविलाललाई डाक्टर उपाधि

पोखराका देविलाललाई डाक्टर उपाधि

Lead Photo

पोखरा । त्रिभुवन विश्वविद्यालयको आङ्गिक पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत व्यवस्थापन सङ्कायका उपप्राध्यापक देविलाल शर्मा तिमिल्सिनालाई विद्यावारिधि उपाधि प्राप्त भएको छ ।

भारतको राजस्थान कोटास्थित प्रदेश सरकारद्वारा सञ्चालित राजस्थान टेक्निकल युनिभर्सिटीले शर्मालाई उपाधि प्रदान गरेको हो । शर्माले ‘गण्डकी प्रदेशका पालिकाहरूको वित्तीय स्वसक्षमता’ अध्ययन विषयमा तयार गरेको शोधपत्रका लागि उक्त उपाधि प्राप्त गरेको भारतबाट टेलिफान जानकारी गराएका हुन् ।

शर्माले उक्त विषयसँग सम्बन्धित दर्जन बढी अनुसन्धानमुलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । ‘स्थानीय सरकारको वित्तीय पद्धति’ नामक पुस्तक प्रकाशोन्मुख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds