भारतीय सेना इन्टर बटालियन भलिबलको उपाधि ५/३ जिआरले उचाल्यो

भारतीय सेना इन्टर बटालियन भलिबलको उपाधि ५/३ जिआरले उचाल्यो

338229293_763869148419590_1609001287372595295_n

पोखरा । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि  ५/३ जिआरले उचालेको छ ।

भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३/९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५/३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको  ३/९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ ।

सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३/९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो । तेश्रो र चौथो सेट २५–१८ र २५–ले जित्दै उपाधि जितेको छ ।

विजेता टिम तथा खेलाडीहरुलाई भारतिय पेन्सन क्याम्पका प्रमुख ले.कर्नल प्रशान्त सिंह बघेलले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजकको रुपमा नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कारको प्रायोजनको रुपमा ऐभरेष्ट बैंक रहेको थियो ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds