लिटरमै १० रुपैयाँ घट्यो डिजेल र मट्टितेल

लिटरमै १० रुपैयाँ घट्यो डिजेल र मट्टितेल

dijel

काठमाण्डौ। नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

सोमबार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो।

यस्तै निगमले पेट्रोलको मुल्य पनि प्रतिलिटर ३ रुपैयाँले घटाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको बिक्री मूल्य प्रति लिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

यस्तै, निगमले आन्तरिक र बाह्य तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पाेरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds