पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

High-Court-uchcha adalat Pokhara

पोखरा। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन अन्तर्गतको पोखरा महानगरपालिका वडा नं -१८ को पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।

निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुन: मतगणना माग गर्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए। अदालतले उक्त वडाको मत पुन: गणना गर्न पनि आदेश दिएको रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए।

थापाले वडामा खसेको ९ मत गणनामा नदेखिएको र उक्त मत आफूले पाउने भन्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए।

उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ